जनकपुरधाम : समाजवादी पार्टी नेपाल प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमाशंकर अरगरियाले मधेशका किसानहरु सरकार विरुद्ध आन्दोलन गर्नुको अर्को विकल्प नरहेको बताए ।

फाइल फोटो

आईतबार संघीय सांसदमा अरगरियाले बारम्बार सांसद भवनमा धनुषा र सिरहा जोडने ऐतिहासिक कमला नदी किनारका किसानहरुलाई जँगली सुँगुर, नील गाईले हुने गरेको बालीनालीलाई नष्ट पार्दै आएको भएपनि सरकारले त्यसलाई व्यवस्थापनको लागि केही नगरेको आरोप लगाएका छन ।

नेता अरगरियाले सँसद भवनमा निरन्तररुपमा किसानहरुको समस्या समाधानका लागि कृषि तथा पशु पंन्छी बिकास मन्त्रालयका मन्त्रीसँग धनुषा र सिरहा नदिको बीचमा पर्ने कमला नदिको छेउ छाउमा रहेको कृषि क्षेत्रमा निल गाइ , सुगुरको आतंक व्यवस्थापन गर्न अहिलेसम्म किन हुन नसकेको भन्दै प्रश्न तेर्साए ।

सो क्रममा मन्त्रीले जवाफ दिन नसक्नु चिन्ताजनक रहेको बताएका थिए । उनले तत्काल धनुषा, सिरहा लगायत तराई मधेसमा यस्को उचित ब्यबस्थापन गर्नुपर्ने माग उठाउँदै अन्यथा किशानहरु सरकार विरुद्ध उत्रनुको बिकल्प नरहेको बताए ।