Monday, August 10, 2020
Home Blog Page 3

रेशम चौधरी लेजभित्र बिरामी,राजपाका नेताहरु फोन पनि उठाउदैन के छ? कारण

जनकपुरधाम : पटक पटक जेल भित्र बिरामी हुँदै आएका टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका सांसद रेशम चौधरी जेलभित्रै बिरामी रहेका छ्न।

चौधरीको फोक्सोमा समस्या देखिएको छ। यसअघि पनि चौधरी पटक पटक विरामी परेका थिए।जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन्। उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ।

करिब एक वर्षदेखि जेलभित्रै विरामी परेका सांसद चौधरीले राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरुलाई फोन गर्दै आएका छन्।तर फोन पनि उठाउदैन ।

यता इमधेश डट कम सँग कुराकानी गर्दै चौधरीकी श्रीमती रंजिताले भनिन्,‘उहाँले जेलबाट राजपाका नेताहरुलाई बारम्बार फोन गर्नु भयो। तर नेता जीहरुले वास्ता गर्नु भएन। नेता जीहरुले भेट्न भन्‍नुभएको छैन।’

रंजिताका अनुसार आफ्नै पार्टीका नेताहरुले सहयोग गर्न छोडेपछि चौधरी निरास हुँदै पार्टी छोड्न मनस्थितिमा पुगेका छन्।नेपालसमयमा छापिएको खबर छ।

हरिराम यादवलाई न्यायको माग गर्दै , विद्यार्थी जनमत संघले गरे प्रदर्शन

हरिराम यादवलाई न्यायको माग गर्दै , विद्यार्थी जनमत संघले गरे प्रदर्शन

जनकपुरधाम । गत जेष्ठ १० गतेको काठमाडौंमा पहाडी मूलका यूवाहरुको एक समूहद्धारा कुटिएका हरिराम यादवको न्यायको लागि काठमाडौंको माईतीघर मण्डलामा विद्यार्थी जनमत संघले शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय विद्यार्थी संगठन विद्यार्थी जनमत संघ तथा युवा जनमत संघले माईतीघर मण्डलामा विभिन्न नारासहित यादवको न्यायको लागि खवरदारी गरेको हो ।

 

काठमाडौंमा बसुन्धारास्थित पसल थापेर बस्दै आएका महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्साका अन्दाजी २८ वर्षीय हरिराम यादव उपर ज्यालेवा हमला गरेकाहरुको कारवाहीका लागि प्रहरीले वास्ता नगरेपछि जनमत पार्टी सम्बद्ध युवाहरु एक्सनमा उत्रिएका हुन् ।

दोषीलाई कडा कारवाहीको गर्दै आज उनीहरुले माईतीघर मण्डला तताएका छन् । उनीहरुले रंगभेद आक्रमण अन्त गर, मानव अधिकार कायम गर, दाषी माथि कारवाही गर, मधेशी माथिको रंगभेद आक्रमण अन्त गर, अब मधेशीले विभेद सहदैन, हरिराम यादवलाई न्याय देउ लगायतका नारा धन्काएका थिए ।

दोषीलाई कारवाही नभए विकल्पमा जाने उनीहरुले चेतावनी दिएका छन् । गत शुक्रवार राती करिब ९ बजेतिर पसल बन्द गरेर डेरा जाने क्रममा यादव उपर ज्यानलेवा हमला भएको थियो ।

रड प्रहारबाट यादवको टाउको फुटेको छ भने टाउकोमा आठ वटा टाका लगाइएको छ । तर, प्रहरीले दोषीलाई समाउन हालसम्म चाँसो लिएको देखिएको छैन ।
यस्तै, हरिराम यादवको न्यायको लागि काठमाडौंस्थित मधेशी आयोगमा ज्ञापनपत्र समेत बुझाएको विद्यार्थी जनमत संघका पोषन यादवले जानकारी दिए ।

धनुषाका एकवृद्ध १० दिनदेखी बेपत्ता

मनोज मोरबैता
जनकपुरधाम : धनुषाको एक वृद्ध बिगत १० दिन देखी बेपत्ता रहेका छन । क्षिरेश्वरनाथ नगरपालिका ५ सखुवा महेन्द्रनगरका एक वृद्ध १० दिनदेखि बेपत्ता रहेको हो।

सखुवा महेन्द्रनगर बस्ने ७० वर्षका जंगीलाल महतो गत जेठ ४ गतेदेखि घरबाटै बेपत्ता भएको जनाइएको छ ।। बेपत्ता भएकोदिनदेखि नै आफन्त नातागोतामा खोजविन गर्दा अझैसम्म बुबा फेला नपरेको उनका छोरा लोकनाथ महतोले जानकारी दिए।

महतोलाई खोजविन गरिदिन परिवारजनले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन समेत दर्ता गराएका छन् । महतो ले आफ्नो पिता हराएको दिन देखि नै घरमा खाना समेत नबनेको बताए ।उनले आफ्नो बुबालाई खोजविन गरिदिन सबैपक्षसंग छोरा लोकनाथले आग्रह गरेका छन् ।

डोम समुदायका बालबालिहरुले किन परेन विद्यार्थी भर्ना अभियानमा के छ ? कारण

राजु विश्वकर्मा , लाहन : घरसँगै टाँसिएको छ आधारभूत विद्यालय तर, राजविराज नगरपालिका–९ मलेठका ६ वर्षीय शम्भु मलिक पढ्न विद्यालय जाँदैनन् ।

पढ्ने रहर भए पनि आफूहरुमाथि हुने विभेद र अपमानका कारण मनोज मरिक विद्यालय नगई घरमा खेलेरै दिन बिताउने गर्छन् । पढ्ने उमेर पुगेका सोही ठाउँका ९ वर्षीया ज्योति मरिक पनि विद्यालय जाँदिनन् । उनी बाँसको सामान बनाउने आमाबुबाको कामलाई सघाउने गर्छिन् ।

देशभरी विद्यालय भर्ना अभियान चलिरहेका बेला मनोज र सुरज मात्रै होइन, सो डोम बस्तीका अधिकाँश बालबालिका विद्यालय बाहिरै छन् । सदरमुकाम राजविराजदेखि करीब ३ किलोमिटर उत्तरमा रहेको डोम बस्तीमा अहिलेसम्म यस अभियानको कुनै प्रभाव पर्न सकेको छैन ।

राजविराज–रुपनी सडक छेउमै रहेको सो डोम बस्तीका अधिकाँश बालबालिकाहरु विद्यालय बाहिरै रहँदा समेत भर्ना अभियानलाई लिएर न त अहिलेसम्म कुनै विद्यालयका शिक्षक पुग्न सकेको छ न त कुनै सङ्घ संस्थाका प्रतिनिधि नै ।

पाँच/छ घरपरिवार रहेको सो डोम बस्तीमा १० भन्दा बढी विद्यालय जाने उमेरका बालबालिका छन् । उनीहरुमध्ये कतिपय विद्यालय नगई घरमै आमाबुबासँग दिन बिताउँछन् भने कतिपयले सुँगुर चराउन जाने गरेका छन् । उनीहरुमा विद्यालय जानुपर्छ भने चेतना आउन सकेकै छैन ।

छोराछोरीलाई विद्यालय पठाउनुपर्छ भन्ने सोच पनि डोम अभिभावकमा पलाउन सकेको छैन । विद्यालयमा डोम भनेर शिक्षक र अन्य जातका विद्यार्थीहरुबाट हेलाँहोचोका कारण आफूहरुका छोराछोरी विद्यालय जान नमानिरहेको स्थानीय डोम अभिभावकहरुको भनाइ छ ।

स्थानीयवासी राजेन्द्र कुमार मरिक भन्छन्– ‘एकातिर अभिभावकले आफ्ना बालबच्चालाई स्कुल पठाउन त्यति चासो लिँदैनन् भने अर्कोतर्फ विद्यालयमा हुने गरेको विभेदका कारण पनि विद्यार्थीहरु स्कुल जान मान्दैनन् ।’

विद्यालय जाने रहर बालबालिकामा छ तर, उनीहरुका लागि अध्ययन गर्ने अनुकूल वातावरण छैन । अर्का स्थानीयवासी नुनु मरिक भन्छन्– ‘विद्यालयका केही सरहरुले डोम भनेर बच्चाहरुलाई हेप्ने, छुट्टै बेञ्चमा बस्न लगाउने, अन्य जातिको विद्यार्थी भन्दा डोमका बच्चालाई फरक व्यवहार गर्ने गरेकाले उनीहरु विद्यालय जान मान्दैनन् ।’

दलित समुदायमा पनि सबैभन्दा तल्लो जातिको मानिने डुम समुदायका बालबालिकाहरु झन् विद्यालयसम्म पुग्नै सकिरहेका छैनन् । दलित अगुवा तथा डुम उत्थान समाजका अध्यक्ष युक्तिलाल मरिक भन्छन्– ‘डोमका बालबालिकालाई अझै सप्तरीका कतिपय विद्यालयहरुमा छुट्टै बेञ्चमा बसाउने, डोम भन्नेर हेप्ने जस्ता कार्यहरु भइरहेकाले डोम बालबालिकाहरु स्कुल जान मानिरहेका छैनन् ।’

शिक्षकहरुको व्यवहारमा परिवर्तन नआएसम्म र अन्य जातका विद्यार्थीसँगै डोम बालबालिकालाई राखेर पढाउने वातावरण नबनेसम्म डोम बालबालिकाहरु निर्धक्क भई विद्यालय जान नसक्ने अध्यक्ष मरिकको बुझाइ छ ।

डोम जातिको बस्ती नजीक विद्यालय हुनु तर, बस्तीका बालबालिकाहरु विद्यालय नजानु आश्चर्यजनक कुरा हो । स्थानीयवासी अनिल यादव भन्छन्– ‘राज्यले दलित विद्यार्थीलाई थुप्रै सुविधाहरु दिइरहेका छन् तर, यहाँका बालबालिका किन स्कुल जाँदैनन् रु अच्चम लाग्ने कुरा हो ।’ डोम बालबालिकाहरु विद्यालय नजानाका कारण पत्ता लगाएर उनीहरु नियमित विद्यालय पुग्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

यता मलेठस्थित आधारभूत विद्यालयका प्रअ बैजनाथ प्रसाद यादव भन्छन्– ‘डोम समुदायका बालबालिकालाई स्कुलसम्म ल्याउन धेरै पटक प्रयास ग¥र्यौं तर, विद्यालयसम्म ल्याउन सकिरहेका छैनौं ।’ कतिपय विद्यार्थीलाई विद्यालयमा भर्ना गराए पनि बीचमै विद्यालय छाड्ने गरेको प्रअ यादव बताउँछन् ।

प्रअ यादवले भने– ‘विद्यालयमा डोम विद्यार्थीमाथि कुनै किसिमको विभेद छैन । यदि शिक्षक वा विद्यार्थीबाट त्यस्तो विभेद भएको छ भने जानकारी पाएमा कार्वाही गर्छौं ।’

अभिभावकलाई सचेत पार्न सकिए काम छोडाएर सरसफाईसँगै आफ्ना सन्तानलाई नियमित विद्यालय पठाउन थाल्ने प्रअ यादवको विश्वास छ ।

मधेशमा सीके राउत लोकप्रिय बन्दै, राजपालाई बढ्यो खतरा: लक्ष्मणलाल कर्ण

मधेशमा सीके राउत लोकप्रिय बन्दै, राजपालाई बढ्यो खतरा: लक्ष्मणलाल कर्ण

जनकपुरधाम : राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी बैठकमा समावेसी नेताहरुले मधेशमा सिके राउतको पार्टीबाट राजपालाई खतरा रहेको औंल्याएका छन् । राजपा गठन भएको दुई वर्ष बित्दा पनि पार्टी व्यवस्थित हुन नसकेको भन्दै उनीहरुले यस्तो अवस्था कायमै रहे सिके राउतको जनमत पार्टी मधेसमा लोकप्रिय बन्दै जान सक्ने औंल्याएका हुन् ।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सिके राउतको पार्टी मधेशमा लोकप्रिय बन्दै गएको धारणा राख्दै यस्तै भइरहे राजपालाई राउतको पार्टीले कडा टक्कर दिनसक्ने चेतावनी दिए । ‘मधेशका हरेक जिल्लामा सिके राउतको संगठन छ, अमेरिका, अष्ट्रेलिया, कतार लगायतका देशमा पनि संगठन विस्तार भएका छन्’ कर्णको भनाई थियो, ‘राजपा नेपालले आफूमा सुधार गरेन भने मधेशमा सिके राउतले समस्या पर्नेमा दुइमत छैन ।’

बैठकमा नेताहरुले राजपा नेपाल अझै संस्थागत हुन नसकेको समेत बताएका थिए । हालसम्म पार्टी अध्यक्षमण्डलको वरिपरी मात्रै घुमेको धारणा राख्दै नेताहरुले समयमा यसलाई सुधार गर्न नसकिए पार्टी समाप्तिको बोटातर्फ अग्रसर हुने चेतावनी दिएका थिए । एक नेताका अनुसार बैठकमा अध्यक्षमण्डल भङ्ग गर्नुपर्ने सुझाव पनि आएको छ । पार्टी महाधिवेशनको मिति तोकेर अध्यक्षमण्डल विघटन गरि महाधिवेशन गराउनु पर्ने सुझाव आएको हो ।

राजपाले महाधिवेशन आयोजक समितिको संयोजक महन्थ ठाकुरलाई बनाएको छ, उनलाई नै महाधिवेशनसम्म संयोजक मानेर अध्यक्षमण्डल विघटन गरी महाधिवेशन गराउने सुझाव उपाध्यक्ष वृषेशचन्द्र लालले दिएका छन् । उनीसहित सहअध्यक्ष लक्षमण्लाल कर्ण, उपाध्यक्ष गोविन्द चौधरी, अर्का उपाध्यक्ष सत्यनारायण मण्डललगायतका नेताहरुले दिएका पनि अध्यक्षमण्डल विघटनको आवाज उठाएका हुन् ।

जबसम्म अध्यक्षमण्डल रहन्छ तबसम्म पार्टी अगाडि बढ्न नसक्ने उनीहरुको ठहर रहेको छ । बैठकमा सहभागी अर्का नेताका अनुसार गोविन्द चौधरीले अध्यक्षमण्डलका कारण राजपा नेपाल संस्थागत हुन नसकेको गुनासो गरेका थिए ।

यसैबीच राजपा नेपालका अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले राखेको विशेष अधिवेशनको प्रस्ताव पारित नहुने भएको छ । बैठकमा बोल्ने अधिकाँश नेताहरुले पूर्ण महाधिवेशन गराउनुपर्ने धारणा राखेका हुन् । पार्टी निर्मण भइनसकेको अवस्थामा विशेष अधिवेशन गराइए झनै पार्टी नबन्ने धारणा नेताहरुको थियो ।

भण्डारीले पार्टीको हालका केन्द्रीय समितिका सबै सदस्य, प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तर्फका जिते-हारेका सबै उम्मेदवार, सबै जिल्लाका अध्यक्षमण्डलका सदस्य, स्थानीयतहका प्रमुख, उपप्रमुख पदका जितेका र हरेका सबै उम्मेदवार, समन्वय समितिका जितेका प्रमुख, उपप्रमुखहरु र मनोनित केही सदस्यहरु समेतको महाधिवेशन प्रतिनिधि बनाएर विशेष अधिवेशन गराउने प्रस्ताव गरेका थिए ।नागरिक टाइम्समा छापेको समाचार हो।

मधेशी समुदायका मानिसलाई काठमाडौमा निर्घात कुटपिट

जनकपुरधाम : नेपालका राजधानी काठमाडौंमा शुक्रबार राति मधेशी समुदायका एक व्यवसायीमाथि निर्घात कुटपिट गरेको छ । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–१ पर्साका हरिराम यादवमाथि कुटपिट भएका छन।

काठमाडौको बसुन्धरास्थित पसल सञ्चालन गर्दै आएरहेका यादवमाथि शुक्रबार राति ९ बजे तीन जनाको समूहमा आएका युवाहरुले एक्कासी आक्रमण गरेका थिए ।

यादवले पसल बन्द गरेर आफ्नो डेरा फर्कने क्रममा तीन जनाको अज्ञात समूहले टाउकोमा रड प्रहार गरी घाइते बानाएको छन ।

यादवको उपचार बसुन्धारास्थित बिपि स्मृति होस्पिटलमा भइरहेको छ । उनको टाउकोमा सात वटा टाका समेत लगाइएको पारिवारिक स्रोतले बताएका छन।

उनलाई मधेशी, इन्डियन, धोती भन्दै सो अज्ञात समूहले टाउकोमा रडले प्रहार गरेर घाइते बनाएका छन । कुटपिट गर्नेहरुको पहिचान हुन सकेको छैन ।

जीत अगावै मोदीलाई प्रमुख सचेतक अरगरियाको शुभकामना

जनकपुरधाम: समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाले मित्र राष्ट्र भारतमा पुन: प्रधानमन्त्री बन्दै गरेको नरेन्द्र मोदी र बहुमतले सत्तामा फर्किदै उँहाको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई बधाई दिएका छन् ।

लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि अरगरियाले मोदीलाई सामाजिक संजाल मार्फत बधाई दिएका हुन् ।

“मित्र राष्ट्र भारतमा लोकसभा निर्वाचनको मतगणनामा उत्साहजनक नतिजा हासिल गर्दै पुन: प्रधानमन्त्री बन्दै श्री नरेन्द्र मोदी र उँहाको पार्टी भारतीय जनता पार्टीलाई हार्दिक बधाई को साथै पूर्ण सफलताको कामना” अरगरियाले आफ्नो फेसबूकमा “मित्र राष्ट्र भारतका सम्मानीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्युको अगुवाईमा विश्वकै सबैभन्दा ठुलो लोकतन्त्र गणतन्त्र भारतमा आफ्नो प्रभावशाली जित क़ायम गर्न सफल हुनु भएकोमा बधाई ! भारतीय जनता पार्टी लगायत सहयोगी दलहरुलाई समेत हार्दिक बधाई ! आज फेरी पनि भारतका सम्मानीय प्रधानमन्त्री श्री नरेन्द्र मोदी ज्युको कुशल नेतृत्वले विश्वको सबैभन्दा ठुलो लोकतन्त्रको निर्वाचनमा एेतिहासिक जित हासिल गरेको छ। तपाईको अगुवाईले नेपाल र भारतको सम्बन्धमा अझ उर्जा थप्ने र बलियो हुनेम विश्वास्त छु । नेपाल भारतको मित्रता क़ायम रहोस र बलियो होस् । धेरै धेरै शुभकामना “लेखेका छन् l

ताजा अवस्थामा भाजपाले ३५४ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८७ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

सहिद नगरपालिकामा वडा अध्यक्षको सरकारी मोटरसाइकल चोरी

सहिद नगरपालिकामा वडा अध्यक्षको सरकारी मोटरसाइकल चोरी

जनकपुरधाम : धनुषाको सहिद नगरपालिकामा एक वडा अध्यक्षको घर बाट स्थानीय तहमा बाडेका मोटरसाइकल चोरी भएको हो।

हिजो मंगलबार सहिद नगरपालिका वडा न: २ का वडा अध्यक्ष जयसीलाल भिनवारलाई स्थानीय तहमा बाडेका ज १ ब ७०९ नम्बरका मोटरसाइकल चोरी भएको स्थानीय युवा शैलेन्द्र चौरबारले जनकारी दिएका छन।चौरबारले भने ” वडा अध्यक्षले आफै सुरक्षा गर्न सक्दैन भने जनतालाई कसरी सुरक्षा गर्न सक्छ ” समेत टिप्पणी गरेको छ।

यता मोटरसाइकल खोजिकार्य जारी रहेको ईलाका प्रहरी कार्यलय यदुकुहाका प्रहरी निरीक्षक भिम बहादुर खडकाले बताए छ्न।

मोदी पुन: प्रधानमन्त्री : डा.राउतले दिए बधाई 

मोदी पुन: प्रधानमन्त्री : डा.राउतले दिए बधाई

मनोज मोरबैता
जनकपुरधाम: जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मित्र राष्ट्र भारतमा पुन: प्रधानमन्त्री बन्दै गरेको नरेन्द्र दामोदरदास मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमीत साहलाई बहुमतले सत्तामा फर्किदै उँहाको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई बधाई दिएका छन् ।

लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि डा.राउतले मोदीलाई समाजिक संजालमा आज आफ्नो फेसबूक मार्फत बधाई दिएका हुन् ।

“मित्र राष्ट्र भारतमा लोकसभा निर्वाचनको मतगणनामा उत्साहजनक नतिजा हासिल गर्दै पुन: प्रधानमन्त्री बन्दै श्री नरेन्द्र मोदी र उँहाको पार्टी भारतीय जनता पार्टीलाई हार्दिक बधाई को साथै पूर्ण सफलताको कामना” राउतले सामाजिक संजालमा “भारतीय प्रधानमंत्री श्री नरेन्द्र दामोदरदास मोदीजी और भारतीय जनता पार्टी के अध्यक्ष श्री अमित शाहजी को भारतीय लोकसभा निर्वाचन २०१९ में अभूतपूर्व जनमत हासिल करके विजय की दिशा में अग्रसर होने के लिए ढेर सारी बधाइयाँ।

सफलता कोई रातोंरात का खेल नहीं होता है। भारतीय जनसंघ १९५१ में श्यामाप्रसाद मुखर्जी के नेतृत्व में स्थापित हुई थी। वही १९७७ में जाकर जनता पार्टी और १९८० में भारतीय जनता पार्टी बनी थी। १९८४ में सिर्फ २ सीट जितनेवाली पार्टी आज भारतीय निर्वाचन में लहर ही नहीं,सुनामी लाकर रख दी है। यह करोडों प्रशिक्षित कार्यकर्ताओं के दिनरात के मेहनत का परिणाम है। हम सभी के लिए यह प्रेरणा है”लेखेका छन् l

ताजा अवस्थामा भाजपाले ३५४ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८७ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

हुलाकी सडकलाई किन गरे चक्का जाम

मनोज मोरबैता,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वाड न: १८ भौइलका स्थानीय युवाहरुले हुलाकी सडक जाम गरेको छ।

पटक पटक सवन्धित निकायमा गुहार गर्दा पनि अहिलेसम्म केहि सुनवाई नगरेको भन्दै चक्का जाम र स्थानिय सरकार , प्रदेश सरकार , केन्द्र सरकार र ठिकेदार विरुद्ध नारावाजी गरेका छन ।

भौइलबाट बाटो भएर जाने सवारी आवतजावतमा पुर्णरुपले अवरोध भएको छ । सडक धुलो धुलोमा नै परिनत भएको देखिन्छ।थप विवरण आउन बाकी छ।

- Advertisment -